दफा ६
विद्युतीय अभिलेख सुरक्षित राख्नु पर्ने
प्रचलित कानूनमा कुनै सूचना, लिखत वा अभिलेख कुनै खास अवधिसम्म सुरक्षित राख्नु पर्ने भनी उल्लेख गरिएको भए देहायका शर्तहरु पूरा हुने गरी त्यस्तो सूचना, लिखत वा अभिलेख विद्युतीय स्वरुपमा सुरक्षित राखिएमा त्यस्तो सूचना, लिखत वा अभिलेखले कानूनी मान्यता प्राप्त गर्नेछ ः–
(क) पछिल्ला प्रसङ्गहरुमा प्रयोग गर्न सकिने गरी पहुँचयोग्य अवस्थामा राखिएको भएमा,
(ख) शुरुमा सृजना गरी सम्प्रेषण गरिएको, प्राप्त गरिएको वा जम्मा गरिएको अवस्था कै रुपमा पुन दुरुस्त रुपमा प्रस्तुत गर्ने गरी प्रदर्शन गर्न सकिने ढाँचामा सुरक्षित राखिएको भएमा,
(ग) उत्पत्ति, गन्तव्य र सम्प्रेषण वा प्राप्तिको मिति तथा समय पहिचान गर्न सकिने विवरण उपलब्ध हुने गरी राखिएको भएमा ।
तर कुनै अभिलेख सम्प्रेषण गर्ने वा प्राप्त गर्ने प्रयोजनको लागि स्वचालित रुपमा सृजना हुने कुनै सूचनाको सम्बन्धमा यो खण्डको व्यवस्था लागू हुने छैन ।